रौतहट– हिन्दुहरुको महान पर्व दशैं नजिकिदै गईरहेको बेला रौतहट जिल्लाको मध्यभागमा रहेको गरुडामा दुर्गा पूजा समितिको छलफल शनिवार एक कार्यक्रमको सम्पन्न भएको छ ।

रौतहट जिल्लाको गरुडा दुर्गा मन्दिर ब्यबस्थापन समितिको अध्यक्ष कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा दुर्गा मन्दिरको प्राङ्गणमा बिभिन्न व्यक्तिहरुको रोहवरमा छलफल सम्पन्न भएको छ ।

छलफलमा बिभिन्न व्यक्तिहरुले अ-आफ्नो मन्तब्य राखेका थिए । बिगत २० बर्ष देखि यो दर्गा पुजा रौतहटको मध्यभाग तथा मुख्य ब्यापारिक नगरि गरुडामा लाग्दै आईरहेको छ ।

बिभिन्न किसिमको समस्या आउदा पनि धुमधामसँग लागदै आईरहेको मेला हरेक बर्ष झै यस बर्ष पनि दर्गा पुजा धुमधामसँगै कसरी मनाउने भन्ने बारेमा छलफल भएको थियो । अघिल्लो बर्ष कोरोना भाईरस कोभिड–१९ को कारणले दुर्गा मेला प्रभाबित भएको थियो ।छलफलमा मन्दिरको बिषय लगायत मन्दिरलाई कुन किसिमबाट बनाउदा कि श्रादालुभक्त जन पुजा गर्न आउदा कुनै किसिमको समस्या उत्पन्न नहोस भनि बारेमा पनि छलफल भएको कन्थमनि प्रसाद जैसवाल रेडखबर अनलाईनलाई जानकारी दिनु भएको छ ।

आउदो असोज २१ गते घटस्थापना तथा नवरात्र आरम्भ हुने भएको छ । २१ गते देखि २९ गते बिजया दशमि अर्थात देबी बिसर्जन हुने नेपाल पन्चाङ्ग समिति जनाएका छन । सो छलफल कार्यक्रममा दुर्गा मन्दिर ब्यबस्थापन समितिको उपाध्यक्ष बच्चु साह ,सचिव सँतोश कुमार चौधरी , कोषा–अध्यक्ष गँगाराम साह ,राम जि साह ,मिश्रीलाल साह ,छठु प्रसाद साह, समाजसेबि ,बुद्धजिबी लगायत दर्जनौ ब्यतिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here