मुख्य मन्त्री बनेकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ ।
इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षिय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिदा भीम आचार्य बिराटनगरमा मुख्य मन्त्री बन्ने तरखरमा हुनुहुन्थ्यो । मुख्य मन्त्रीमा चयन हुँदै गर्दा आचार्यले भातृ शोकमा परेका थिए । उनलै शोकमै शपथ लिनु भएको छ । मुख्य मन्त्री आचार्य भाईको मृत्युको खबर पश्चात हतार हतारमा शपथ ग्रहण सकाएर अन्तिम संस्कारमा सहभागि हुन इनरुवा पुग्नु भएको थियो । मुख्य मन्त्री आचार्यले इनरुवा अस्पताल पुगेर कान्छो भाईलाई श्रद्धाञ्जली दिनुभयो । मृतक रामप्रसाद भीम आचार्यका कान्छो भाई हुन् ।
मृतकका श्रीमती र दुई छोराछोरी छन् । मृतक आचार्यको आजै सुनसरी खोलामा दाह संस्कार गरिएको छ । सो क्रममा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिती रहेको थियो । आचार्यको मृत्यु विष सेवनबाट भएको बताइएको छ ।