कलैया – बाराको कलैया उपमहानगरपालिकाबाट जबर्जस्ती करणी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ |

पक्राउ पर्ने कलैया उपमहानगरपालिका वडा नं.-१८ मोतिसर टोल बस्ने वर्ष २१ को सुजित कुमार साह रहेको प्रहरीले जनाएको छ |

साहले १५ वर्षिय नाबालिकालाई विगत ८ महिनादेखि ललाई फकाई जबर्जस्ती करणी गर्दै आएको र करिब ७ महिनाको गर्भवती बनाएको अभियोगमा प्रहरीले साहलाई पक्राउ गरेको छ |

साहलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी गराए |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here