कक्षा १२ को परिक्षार्थीहरुलाई तुरुन्त खोपको व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसेको बैठकले कक्षा १२ को परिक्षार्थीका लागि कोभिड १९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परिक्षाको लागि वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । निर्देशन दिदैँ समिति सभापति जयपुरी घर्तीले भन्नुभयो – ‘शिक्षा मन्त्रालयलाई तुरुन्तै व्यवस्था गरेर अगाडी बढ्न हामीले भनिसक्यौँ । स्वास्थ्य मन्त्रालयले गर्ने काम चाहीँ खोपको व्यवस्थापन कति दिनभित्र गर्न सक्नुहुन्छ त्यो व्यवस्था गरेर तुरुन्तै परिक्षाको लागि वातावरण बनाइदिनुप¥यो । खोप स्वास्थ्य कार्यालयले छिटो गरोस् भन्ने म निर्देशन दिन चाहान्छु ।’

बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेको भन्दै सोही खोप कक्षा १२ का परिक्षार्थिहरुलाई उपलब्ध गराउन शुरु गरिसकेको बताउनुभयो । देशभरका गाउँ तथा शहरका कक्षा १२ का परिक्षार्थीले खोप लगाउन पाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘जापान सरकारले १६ लाख दिएको जुन खोप हो त्यो आइसक्यो । जेष्ठ नागरिकलाई दिइसकेपछि ५/७ लाख स्टक छ । त्यो स्टक भएको चाहीँ कमसेकम १२ कक्षाका विद्यार्थीलाई देशभर उपलब्ध गराउने भनेर अहिले शुरु भएको छ । त्यो फेज, फेजमा आएको हुँदाखेरी १ नम्बर र २ नम्बर प्रदेशमा रिसेन्ट्ली हामीले पठाएका छौँ, ३/४ दिन भयो । अरु ठाउँमा देशभरी पाँचवटा प्रदेशमा गइसकेको हुँदाखेरी ५ वटा प्रदेशको शहरको, गाउँको सबैले लाउन पाउँछन् ।’

 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप खरिदको प्रक्रिया अगाडी बढाएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘मोर्डना खोपको पैसा तिरीसकेको छ ९ वर्षदेखि १८ वर्षकाले लगाउने । साना बच्चाले लगाउने फाइजर ६० लाख ल्याएर, १ करोड फाइजर खोप ल्याउने तयारी भइरहेको छ । १८ वर्ष मुनिकालाई मोर्डना र फाइजर खोप लगाउने जानकारी गराउँछु ।’

 

उहाँले हुम्ला, जुम्ला, मुगु, मुस्ताङ, मनाङ जस्ता जनसंख्या कम भएका ग्रामिण भेगमा र काठमाडौं उपत्यका, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर २ लगायतका जनसंख्या बढी भएका स्थानहरुमा खोपको प्राथमिकतामा राखिएको बताउनुभयो । त्यस्तै पोखरा, भैरहवा, लुम्बिनी र चितवनजस्ता पर्यटकीय गन्तव्यमा पनि खोपलाई प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले हालसम्म १ करोड ३२ लाख खोप आएको र ९० लाख जनताले खोप पाइसकेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here