काठमाण्डाै :निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ ।

बिहीवार पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ । बैठकपछि सञ्चाकर्मीसँगको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी समिति सदस्य केशव झाले बदलिदो परिस्थिति सँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको पार्टीका बताउनुभयो । उहाँले बैठकमा आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । सदस्य झाले समसामयिक राजनीतिक परिवेश लगायतका विषयमा बैठकमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दल दर्ता पछि पहिलो पटक बसेको बैठकमा ३३ जना सदस्य नै उपस्थित हुनुभएको थियो, बैठकमा दल दर्ता हुने बित्तिकै २१ दिन भित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्छ, स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरुको लागि प्रादेशकि निर्वाचन कार्यालयमा एउटा अनुसूची अनुसार बनाउनुपर्ने हुन्छ, त्यो काम शुरु भइसक्यो, दल गठन भएको २ गते आज लगभग १० दिन त बितिसक्यो, त्यसैले २३ गतेसम्ममा स्वघोषणा गर्ने काम छ त्यसको बारेमा छलफल भयो, सदस्यता, विधान घोषणा नियमावलीदेखि लिएर जनतामा जाने भन्ने कुराहरुमा छलफल भएको छ, सांगठनिक संरचना कसरी कसरी र कुन मोडालिटीमा बनाउने त्यो विषयमा पनि छलफल भइरहेको छ ।”

सदस्य झाले आफूहरु दलबिहीन भएको अवस्थामा पार्टी विभाजन सम्बन्धी विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले सरकारसँगको सहकार्यको विषयमा आज छलफल भए पनि कुनै निर्णय नहुने बताउनु भयो । सरकारको औपचारिक धारणा आए पछि निर्णय लिने पनि सदस्य झाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here