काठमाण्डाै : निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने काम सम्पन्न भएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ निर्वाचन नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको सनाखत सकिएसँगै आयोग सचिवालय सनाखतको विवरणसहित आयोग सचिवालय प्रतिवेदन तयारी गरिरहेको जानकारी दिनुभयो । प्रतिवेदन तयार भइसकेपछि दुवै दल दर्ताको सम्बन्धमा आजै निर्णय हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको छुट्टै दल दर्ताका निम्ति भएको प्रक्रियाका अन्र्तगत आज दुवै दलका सदस्यहरुलाई हस्ताक्षर सनाखतका लागि आज आयोगले समय दिएको थियो । सनाखतको कार्य बिहान बिहान ११ः३० देखि २ बजेसम्म तोकिएको थियो । सनाखतको काम सम्पन्न भएको छ । र उक्त काममा नेकपा(एकीकृत समाजवादी) का तर्फबाट केन्द्रीय सदस्यहरु ५५ जना र संघीय संसदका सदस्य ३० जनाले सनाखत गर्नुभएको छ । उक्त मध्ये ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले आयोगमा आफ्नो सनाखत गर्नुभएको छ भने एक जना सदस्यले नेपाली राजदुताबास नयाँ दिल्लीमा सनाखत गर्नुभएको अवस्था छ भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट केन्द्रीय सदस्यहरु १६ जनाले हस्ताक्षर सनाखत गर्नुभएको छ भने संघीय संसद सदस्य १४ जनाले हस्ताक्षर सनाखत गर्नुभएको छ । सनाखतको विवरण सहित आयोग सचिवालयले प्रतिवेदन तयार गरेर आयोगमा पेश गर्ने काम चलिरहेको छ । र यस सन्दर्भमा अहिले कुनै निर्णय भइसकेको छैन । समय अभाव र अन्य कुनै कारणले रोकिएन भने निर्णय हुने सम्भावना छ । तर निश्चित भने भइसकेको छैन । आज निर्णय हुनपनि सक्छ । तर अब भ्याइन्छ, भ्याइदैन काम भइरहेको छ । सकियो र अन्य कुनै कारणले रोकिनुपर्ने भएन भने निर्णय हुनसक्छ ।’

उहाँले नेकपा(एकीकृत समाजवादी)मा ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदले सनाखत गरेको बताउनुभयो । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा १६ जना केन्द्रीय सदस्य र १४ जना संघीय संसदले सनाखत गरेको पनि जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here