Doctor drawing up Covid-19 vaccine from glass phial bottle and filling syringe injection for vaccination. Close up of hand wearing protective disposable gloves in lab and holding a bottle of vaccination drugs. Hand with blue surgical gloves taking sars-coV-2 vaccine dose from vial with syringe: prevention and immunization concept.

काठमाण्डाै: काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि दिइनेकाठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए ।

भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने उनले बताए ।खडकाका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here