रौतहट, भदौ ६ गते //लागु औषध मुद्दामा फिल्मी शैलीमा फसाइएका रौतहटका पत्रकार मो. मोजिबुल्ला सहित एक अन्य बारे यथार्थ बुझ्न मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारी रौतहट आउनु भएको हो ।

घटना को शुरुआत देखिनै घटना बारे चासो राख्दै आएका अन्सारी पीडित परिवार आग्रहमा जिल्ला प्रहरी कार्यालय रौतहट पुगि जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरिया लाई भेटी घटना बारे यथार्थ बुझ्नु भएको हो ।

घटना पछाडि माननीय अन्सारीले थुनामा रहेका पत्रकार मो. मोजिबुला लाई समेत भेटी घटना बारे बुझेका थिए । करिब १ घन्टा लामो छलफल पश्चात् संचारकर्मी संग कुरा गर्दै अन्सारीले ” घटना एकदमै दु:खद रहेको तथा निर्दोष लाई न्याय दिलाउन नेपाल पत्रकार महासंघ रौतहटले खेलेको भुमिका सहरानिय रहेको बताए ।
सत्य हैरान हुन सक्छ हार्ने सक्दैन भन्दै प्रहरी आफ्नो तरिकाले अनुसन्धान गरि रहेकोले निर्दोषलाई न्याय र दोषीलाई सजाय पाउनुमा आफू विस्वस्त रहेको अन्सारीको भनाइ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here