रौतहट,भदौ ०६// रौतहटमा रक्षक नै भक्षक बनेपछि प्रहरी माथिबाट बिश्वास उठेको हो। सदरमुकाम गौरमा अदालत पछाडि रहेको एक होटलमा रौतहट एक्प्रेसका संचालक मो.मजुबुलहालाई खाजा खुवाउन निम्ति बोलाएर योजनाबद्ध तरिकाले पत्रकार मजुबुलहालाई फसाएको सिसि टिभी क्यामेराका भिडियोले प्रमाणित भएको हो। गत सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा टोलीले पत्रकार मोजबुलहालाई लागु औषध सहित पक्राउ गरेको थियो।

तर अदालत पछाडि रहेको एक होटलमा खाजा खान आएकोे पत्रकार मोजबुलहाको मोटरसाइकलमा केही ब्यक्तिको ईसारामा केही ब्यक्तिले करिब २ घण्टाको कसरतमा लगभग ५(६ जनाको टोलीले पत्रकार मोजबुलहालाई जवरजस्ती फसाएको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झाले बताएका छन्। नेपालको चौथो आँखाको रुपमा रहेको पत्रकारलाई केही ब्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न पत्रकारलाई नै बदनाम गर्न खोजी पत्रकार मोजबुलहालाई फसाएको आज एक कार्यक्रम बिच सिसिटिभी भिडियोबाट खुलेको हो।

सो सिसिटिभि भिडियो सार्वजनिक नगर्न प्रहरीको दवाब आएता पनि पत्रकार जगतलाई बदनाम हुन नदिन सो भिडियो आज एक कार्यक्रम बिच सबै पत्रकारलाई प्रोजेक्टरले हेराई सार्वजनिक गरेका छन्। पत्रकार मोजबुलहाले आफ्नो मोटरसाइकल सो होटल अगाडि पार्किङ गरि खाजा खान गएको बेला मोटरसाइकलमा केही ब्यक्तिले लागु औषधराखि फसाएको सिटिटिभी भिडियोले प्रस्ट पारेको हो। पत्रकारलाई यस्तो फसाउनु निन्दनीय हो यस्ता फसाउने जोकोहीलाई तुरुन्तै पक्राउ गरि कार्वाही गर्न प्रहरी प्रधान कार्यालय संघ नेपाल पत्रकार महासंघले माग गरेका छन्। पत्रकार मजबुलहालाई रिहा नगरे कडा आन्दोलनमा उत्रिने नेपाल पत्रकार महासंघ रौतहटले चेतावनी समेत दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here