काठमाडौं । काठमाडौंमा आज देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ ।
क्रमश ४ गते ५ गते र ८ गते १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाइको छ ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार विद्यार्थीहरुले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, , राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्ज, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीहरुले खोरोना खोप लगाउन पाउने सक्ने छ ।