अखिलेश कुमार यादव ।भदौ ०३,रौतहट ।गर्भवती रहेको अवस्थामा महिलालाई स्वस्थ बच्चालाई जन्मदिनको लागि सबैभन्दा पहिला पौष्टिक खानेकुराको आवश्यकता हुने गर्छ ।कुनै कुनै गर्भवती महिलालाई आर्थिक अवस्था कमजोर भएको कारण समयमा गर्भमा रहेको बच्चाको लागि पौष्टिक खाना समयमा नपाउदा जन्मिने बच्चा बाल्यकालमै बिभिन्न रोग बाट ग्रसित हुने गर्छ ।
गर्भवती महिलालाई बहु क्षेत्रिय पोषण कार्यक्रम योजना अन्तर्गत इशनाथ नगरपालिकाको वडा न ५ मा अस्थित रहेको स्वास्थचौकी लछमिनीया गर्भवती महिलाहरुलाई पौष्टिक खानेकुरा एक कार्यक्रमको बीच विहिवार वितरण गरिएको छ ।
ईशनाथ न.पा.को नगर प्रमुख संतोष कुमार मेहता र वडा न.-५ को वडा अध्यक्ष मो नेशार आलम काे विशेष पहलमा विहिवार ईशनाथ न.पा वाड नं ५ मा अस्थित स्वास्थचौकी लछमिनीयामा गर्भवती महिलाहरुलाई बहु क्षेत्रिय पोषण कार्यक्रम योजना अन्तर्गत सम्पुर्ण महिलाहरूलाई चामल र घ्यू वितरण गरिएको नगरप्रमुख मेहताले जानकारी दिनु भएको छ ।
आउदो दिनमा पनि इशानाथ नगरपालिकाको सबै वडामा रहेको स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुलाई पौष्टिक खानेकुरा बितरण गरिने मेयर सन्तोष मेहताले प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।