बर्दिया, गुलरिया ०१ भदौ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.८ भादा पुल स्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.७ बस्ने बर्ष २४ को दिपेन्द्र सिंह र सोही .वडा नं.३ बस्ने बर्ष २३ को अशोक लोध सवार रहेको अगाडी तर्फ लु ६२ प ६२२६ र पछाडी तर्फ लु ६२ प ६८२६ नम्बर लेखिएको स्कुटर रोकी खानतलासी गर्दा स्कुरटको डिक्की भित्र कागज पत्र (बिलभरपाई) नभएका अन्दाजी मुल्य रू. ६,४८,५०५ मुल्य बराबरको ८६.६४ ग्राम सुनका गरगहना फेला परेको हुँदा उक्त सुनका गरगहना र स्कुटर सहित निजहरुलाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको बर्दिया प्रहरीले जनाएको छ ।

त्यसै गरि आजै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटीएको गस्ती टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.६ भन्सार रोड स्थित जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.८ थपुवा गाउँ बस्ने वर्ष २५ को हरिलाल मल्लाहले नम्बर प्लेट समेत नराखी चलाई ल्याएको अन्दाजी मुल्य रु.१,४०,०००/- बराबरको कालो निलो रङको BAJAJ PLATINA मोटरसाईकललाई रोकी कागजपत्र हेर्ने क्रममा उक्त मोटरसाईकल भारतबाट भन्सार छली गरी ल्याईएको पाईएको हुँदा मोटरसाईकल सहित निज हरीलाल मल्लाहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दिया प्रहरीले जनाएको छ ।