रौतहट, ०१ भाद्र ।
रौतहट जिल्लाको १८ पालिका मध्ये इशनाथ पनि एक हो । विगतका दिनमा नियमित कार्यालय संचालन नभए पछि सेवाग्राहीहरुले बेला सम्बन्धित निकायमा गुनासो गर्दा हाल कार्यालयका प्रमुख प्रशासकिय अधिकृत फेरे पछि कार्यालय नियमित संचालनमा आएको दावी वर्तमान प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले गरेका छन् ।
पहिले पनि आफु रहदा कार्यालयलाई स्टिमममा ल्याई नियमित संचालन गरेकोमा गएको आर्थिक वर्षमा आफु कार्यालय प्रमुख नभएको बेला जिम्मेवारी लिएका प्रशासकिय प्रमुखले आफु बनाएका सबै संरचनाहरुलाई विगारेको समेत बताएका छन् ।
निमित प्रमुख प्रशासकिय अधिकृतको भुमिकामा दोस्रो पटक साउन १० गते नगरपालिकामा हाजिर भई कामकाज सुरु गरेका गुप्ताले आफुले नगरको कर्मचारी उपस्थिती कार्यालय संचालन तथा अनुगमनका कार्यमा कडा ल्याएको दावी समेत गरेका छन् ।
प्रशासकिय अधिकृत गुप्ताले नगर सभाबाट पारित भएका सबै आयोजनाका साथै नगरका जनतालाई लाभ हुने सबै खाले योजनाहरु संचालन गर्ने समेत बताएका छन् । उनले बर्तमान अवस्ूथामा कोरोना का कारण बन्द रहेको विधालयका बालबालिकाहरुलाई बैकल्पीक शिक्षाको मार्फत शिक्षा प्रदानको कार्य आरम्भमा रहेको जानकारी दिए । उनले नगरबासीहरुलाई आफुले गरेको रामा्र कार्यमा सहयोग गर्न तथा कमिकमजोरीहरुमा सुधारका लागि सल्लाह दिन आग्रह समेत गरेको छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here