राैतहट । सुरक्षित अप्रावासन परियोजना (सामी )अन्तर्गत प्रहरी संग अभिमुखिकरण कार्यक्रम रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय राैतहटकाे सभाहलमा अन्तराष्ट्रिय युवा दिवसकाे अवशरमा माण्डवी नामक संस्थाले उक्त कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।
नेपाल सरकार र स्विस सरकार बिचको सम्झौता अनुसार रौतहटको स्थानीय निकायहरु गौर ,चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको नेतृत्वमा माण्डवीले साे परियाेजना सञ्चालन गर्दै आएकाे छ ।
माण्डवीकाे सहजीकरण एवंम जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसासन कार्यालय रौतहटको सहकार्य साथै हेल्भीटासको प्राबिधिक सहयोगमा सुरक्षित आप्रवासन (सामी ) परियोजना अन्तर्गत आयोजित कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।
स्वदेशमा नै रोजगारी गरौ बैदेशिक रोजगारीमा जाने भए सहि सुचना लिएर र सीप सिकेर मात्रै जाऔ “भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएकाे माण्डवी संस्थाकी अध्यक्ष अन्जु झाले बताइन ।
रौतहटमा सन्चालित यो परियोजनामा सहयोगि भुमिका खेल्दै आएकोले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सन्चारकर्मी र स्थानीय युवक युवती र सरोकारवालाहरु सँग अभीमुखीकरण तथा युवा दिवस कार्यक्रम आयाेजना गरिएको उनले बताइन् ।
वैदेशिक राेजगारकाे लाेभ दिएर विदेशमा बिचलित परेका नेपालीहरुलाई माण्डवीले सञ्चालन गर्दै आएकाे सामी परियाेजना निकै प्रभावकारी रहेकाे जिल्ला प्रहरीका उपरिक्षक सिद्वि बिक्रम शाहले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय राैतहटका उपरिक्षक सिद्वि बिक्रम शाह, सशस्त्र प्रहरी बलका उपरिक्षक सुर्य सेन ओली, जिल्ला प्रमुख अधिकारी इन्द्रदेव अधिकारी लगायतको उपस्थीति रहेको थियो ।