जिल्ला अस्पताल गौरले मागेको सुचना नदिएपछि अस्पतालमा करोडौंको भ्रष्टाचार मौलाएको स्थानीयहरुले आरोप लगाएका छन्। सुचनाको हक आम नागरिकको मौलिक हक भनेर नेपालको सविधानको धारा २७ ले सुनिश्चित गरे पनि जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साहले मागेको सुचना उपलब्ध गराउन सकेको छैन्।
जिल्ला अस्पताल गौरमा पटकपटक सुचना माग्दा पनि मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साहले कुनै पनि हालतमा सुचना नदिन मंसाय बनाएको हो। गत जेष्ठ ३० गते ( दर्ता नं. २६८/०७८/०२/३०) समाचार प्रयोजनका लागि दर्ता गराएको सुचनाको हक निवेदनको कुनै टुङ्गो नलागेपछि असार १६ गते दफा ९ अनुसार कार्यालय प्रमुखको नाममा अर्को निवेदन दर्ता गराएका थिए। दफा ९ मा उल्लेखित १ हप्ता भित्री सम्बन्धित ब्यक्तिले मागेको सुचना उपलब्ध गराउन उल्लेख रहेपनि मेडिकल सुपरिटेन्डेन्ट डा.साहले कानुनलाई अवहेलना गर्दै माग अनुसारको सुचनाको कुनै टुङ्गो नलगाए पछि कानुनी प्रकृया रोजेको हो।
सुचना नदिन केही आर्थिक प्रलोभन दिन विभिन्न मान्छेहरु प्ररिचालण गरेपछि सुचना माग्न म्याद सकेपछि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिएको हो। जिल्ला अस्पताल गौरले सुचना उपलब्ध नगराएपछि राष्ट्रिय सुचना आयोगमा पुनरावेदन पत्र चढाएको थिए। पुनरावेदन पत्र पछि १ हप्ता भित्र लिखित जवाफ पेश गर्न राष्ट्रिय सुचना आयोगले जिल्ला अस्पताल गौरलाई पत्रचार गरेका छन्।
जिल्ला हुलाक कार्यालय गौर मार्फत गत साउन २६ गते जिल्ला अस्पताल गौरलाई १ हप्ता भित्र लिखित जवाफ पेश गर्न राष्ट्रिय सुचना आयोग काठमाडौंले पत्रचार गरेको हो। जिल्ला अस्पताल गौरले पहिला चरणको कोभिड-19 मा ४ महिनामा २५ लाख भन्दा बढी खाजा खाना मा रकम झ्वाम पारेको हो। जिल्ला अस्पताल गौरमा यस्तो उद्धारण मात्र रहेको र यस्ता घट्नाहरु धेरै भएपनि सम्बन्धित निकायले कुनै चासो नहेरेको देखिएको हो।
जिल्ला अस्पताल गौरमा लेखापाल श्री नारायण झा र मेडिकल सुपरिटेन्डेन्ट डा.साहको ईसारामा करोडौं रकम दुरुपयोग भएको भन्दै छानबिन गरि कडा कार्वाही गर्न सम्बन्धित निकाय संग स्थानीयहरुले माग गरेका छन्। जिल्ला अस्पताल गौरले गत २०७७ सालमा बिधुत महसुल र खानेपानी महसुलमा ५ लाख २८ हजार ७ सय ५५ रुपैया खर्चेको जस मध्ये बिधुत महसुलमा २ लाख ९५ हजार ५ सय ६० रुपैयाँ तिरेको र पानी महसुलमा २ लाख ३३ हजार १सय ९५ रुपैयाँ तिरेको हो। यस्ता बजेटहरु हिनामिना धेरै गरेको हुँदा लेखापाल श्री नारायण झा र मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साहलाई हदै सम्म कार्वाही गर्न स्थानीयवासीले सम्बन्धित निकाय संग माग गरेका छन्।