अखिलेश कुमार यादव।रौतहट ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले जाली नोट ९ लाख त्रियान्नब्बे हजार रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । रौतहट इशनाथ नगरपालिका वडा नं. ४ स्थित कालिमंदिर सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरु चेकजाँच गर्ने क्रममा ९ लाख त्रियान्बे हाजार जाली नोट सहित तिन जना पक्राउ परेका हुन् ।May be an image of money

पक्राउ पर्नेमा धनुषा जिल्लाको बट्टेश्वर गाउँपालिका वडा नं.४ वस्ने शियालाल वरई ठाकुरको छोरा .वर्ष ३८ को शत्रुधन वरई ठाकुर । जिल्ला महोत्तरी बर्दीबास नगरपालिका वडा नं.९ बन्द्रा पशुपतिनगर वस्ने श्रीराम विलोचन महतोको छोरा अं.वर्ष ३० को रन्जित महतो ।

र भङ्गहा नगरपालिका वडा नं.४ प्रेमनगर वस्ने सुफल महतोको छोरा वर्ष २५ को दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुख शिद्धि बिक्रम साहले बताउनु भएको छ ।

चेकजाँच कै क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा नेपाली रुपैयाँ १००० दरको जालि नोट ९,९३,०००(नौ लाख त्रियान्नब्बे हजार)नोट सहित प्रहरीले नियन्त्रणमा लिएको उपरिक्षक साहले बताए ।

भारत बाट नेपाल तर्फ आउदै गरेको बेला तिनै जना माथि संका लागे पछि प्रहरीले रोकेर छेक जांच गर्ने क्रममा सो रकम बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here