बारा।बारा जिल्लाको निजगढ गरपालिका वडा नम्बर १० लालमा निर्मित लाल आधारभूत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमको बीच निजगढ नगरपालिकाको मेयर सुरेशकुमर खनालले उद्घाटन गर्नु भएको छ ।मेयर खनालले उद्घाटन गरे पछि आधारभूत स्वास्थ्य केन्द्रले शनिवार देखि सेवा संचालनमा ल्याएको छ ।
वडाका स्थानीय नागरीकहरुलाई प्राथमिक र सामान्य उपचारको पंहुच उपलब्ध गराउन आधारभूत स्वास्थ्य केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेयर खनालले बताउनुभयो । नगरपालिका मार्फत प्रत्येक वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र संचालन भईरहेकोले नगर भित्रका नागरिकहरुको स्वास्थ्यमा प्रतक्ष लाभ पुग्ने मेयर खनालले विश्वाश व्यक्त गर्नुभयो ।
उक्त स्वास्थ्य केन्द्र मार्फत अहेव र अनमीले स्वास्थ्य सेवा प्रदान गर्ने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो । उक्त स्वास्थ्य केन्द्र भवनको निर्माणकालागी स्थानीय मंजु पौडेल र हिरा मोक्तानले जग्गा प्रदान गर्नुभएकोथियो ।