बारा । नेपाल परिवार दल बारा ले अत्ति विपन्न परिवार लाई राहत बितरण गरेको छ । नेपाल परिवार दल पार्टी ले शनिवार बारा जिल्लाको सदरमुकाम कलैया स्थित देवकीलाल धर्मशालाको प्राङ्गण मा एक कार्यक्रम का बीच राहत स्वरुप खाद्यान्न बितरण गरेको हो ।

जिल्लाको विभिन्न ठाउँ का ४० जना लाई राहत बितरण गरिएको हो ।राहत स्वरुप एक जना लाई कतर्नी चामल २५ केजी , आटा ५ केजी , मसुर दाल २ केजी ,भटवास मास दाल २ केजी ,खाने तेल ४ प्याकेट , चिनी २ केजी ,मासाला १/२ केजी ,साबुन २ पिस नुन १ केजी बितरण गरिएको हो ।

उक्त कार्यक्रम को प्रमुख अतिथि पुर्व मन्त्री एवं नेपाल परिवार दल का केन्द्रिय अध्यक्ष एकनाथ ढकालले कोभिड -19 कोरोना बाट बच्न सपुर्ण जनताहरु लाइ आग्रह को साथै छिटो भन्दा छिटो सबै लाई खोप दिने ब्यवस्था गर्ने र सरकार संग कोरोना बाट बच्न ब्यवस्थापन गराउने प्रतिबद्धता समेत गर्नु भयो ।

विशिष्ट अतिथि नेपाल परिवार दल को प्रदेश नं० २ संयोजक सन्तोष पौडेल रहेको थियो ।त्यस्तै अतिथिमा पर्सा जिल्ला संयोजक पल्टन प्रसाद कुर्मी र कार्यक्रम को अध्यक्षता पार्टी का जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले गर्नु भएको थियो । कार्यक्रम पार्टी का विभिन्न पदाधिकारीहरु , सुरक्षाकर्मी ,सन्चारकर्मीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here