रौतहट – रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको एकदिने अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ ।बीमा सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले रौतहट जिल्लाको स्थानीय निकाय तथा सरोकारवालासँग उक्त कार्यक्रमको आयोजना गरिएको इन्सुरेन्सका क्षेत्रीय प्रबन्धक देवपुजन प्रसादले बताइनु भएको छ ।
निर्देशक दिनेश कुमारले स्थानिय निकायहरु सँगको कार्यक्रममा बीमा गराउनु्को फाइदा र बेफाइदाका बारेमा चर्चा गर्नु भएको थियो । समाजमा बढिरहेको दुर्घटनालाई मध्ये नजर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको निर्देशक दिनेश कुमारले बताउनु भएको छ ।
जोखिम रक्षवरण, बचतमा प्रोत्साहन, आश्रित परिवारलाई राहत, कर छुट, रोजगारीको अवसर र देशको अर्थिक उन्नति गर्न बीमाको आवश्यकता रहेका समेत उनले बताए ।
नेपाल लाइफ इन्सुरेन्सका सहायक निर्देशक संदिप गौतम लगायत केहि अन्य जनप्रतिनिधिले स्वागत मन्तवय राखेका थिए ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको उधोग बाणिज्य संघको सभाहलमा नेपाल लाइफ इन्सुरेन्सका निर्देशक दिनेश कुमार लालको प्रमुख उपस्थिता र जिल्लामा रहेको सम्पुर्ण इन्सुरेन्स कम्पनिको उपस्थितामा सो कार्यक्रम सम्पन्न भएको छ ।
बिमा समितिले आयोजना गरेको उक्त कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ता, उप नगरप्रमुख किरण ठाकुर, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा लगायत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो थियो ।