साउन २०, काठमाडौं । गायक रामकृष्ण ढकालले आजकाल जति राम्रो गीत गाए पनि राम्रो भिडियो नबनाउँदा गीत नचल्ने बताएका छन् । मंगलबार काठमाडौंमा एक समारोहबीच आफ्नो स्वरमा रहेको नयाँ गीत ‘तिमी मेरी हुन सकिनौ’को भिडियो विमोचन समारोहमा उनले यस्तो गुनासो गरेका हुन् ।

गायक ढकालले राजधानीसँगको कुराकानीमा भने, ‘एक समय यस्तो पनि थियो कि मैले गाएका हरेक गीतका क्यासेट बिक्री हुन्थे । तर अहिले राम्रो भिडियो बनाएर बजारमा नपठाएसम्म नयाँ गीत श्रोताले सुन्न पनि छाडेका छन् ।’

डेढ दशक अघिसम्म गायक रामकृष्णको क्यासेट तथा सिडी भनेपछि बजारमा श्रोताले खोजी खोजी किन्ने गर्थे । त्यतिबेला गीत सार्वजनिक गर्न भिडियो बनाउन आवश्यक थिएन । गीत चलेपछि फुर्सदमा भिडियो बनाएको अनुभव उनले सुनाए । तर, अहिले गीत ल्याउनु पहिलो राम्रो भिडियो बनाउनुपर्ने अनिवार्य जस्तै भएको पनि उनले बताएका छन् ।

नयाँ गीतलाई बजारमा ल्याउन म्युजिक भिडियो मात्र बनाएर नहुने उनको भनाइ छ । त्यो गीतलाई राम्रो कम्पनीबाट रिलिज गर्नुपर्ने अनिवार्य जस्तै भएको पनि उनले बताएका छन् । विगतमा आफ्ना गीतका भिडियो राम्रो बनन्दा तथा राम्रो कम्पनीबाट त्यो भिडियो रिलिज नुहँदा गीतलाई असर परेको पनि यी गायकले बताएका छन् ।

गायक गायकले केही राम्रा गीत गाएर तयार गरेका छन् । आफैंले रेकर्ड गरेका ती गीतको भिडियो बनाउने पैसा आफूसँग नभएका कारण राम्रा गीतलाई थन्क्याएर राख्नुपरेको पनि उनले गुनासो छ, ‘दुई वर्षयता चार-पाँचवटा राम्रा गीत रेकर्ड गरेर राखेको छु । ती गीतको म्युजिक भिडियो बनाउन नसक्दा बिस्तारै गीत पुरानो हुँदै छन् ।’ उनले भने, ‘अहिलेको अवस्थामा जस्तो पायो त्यस्तो भिडियो बनाएर पनि काम छैन । राम्रो भिडियो बनाउन महँगो बजेट लाग्ने र त्यो भिडियोका लगानी उठन पनि गाह्रो पर्ने भएकाले गायकलाई अहिले गीत गाएर मात्र सुख छैन ।’

गायक ढकालको भनाइमा गीतको भिडियो बनाएर त्यसलाई दर्शकसम्म पु-याउनु विभिन्न सामाजिक सञ्जालबाट बुस्ट गर्नुपर्ने अर्को बाध्यता छ । आजकाल म राम्रो गाएक हुँ र मैले गीत गाएपछि चल्ल भन्ने अवस्था नरहेको पनि गायक ढकालको भनाइ छ । राम्रो गीतको राम्रो भिडियो बताएपछि त्यसलाई प्रचारप्रसारमा ल्याउन बुस्ट गर्नुका साथै टिकटकका कलाकारलाई पारिश्रमिक दिएर गीतको छुट्टै भिडियो बनाउन लगाउनुपर्ने पनि उनले बताए । आफूले एउटा गीत गाउँदा लिने पारिश्रमिकभन्दा गीतको भिडियोलाई टिकटक बनाइदिनेले बढी पारिश्रमिक लिने गरेको पीडा पनि सुनाए ।

गत वैशाखमा निषेधाज्ञा हुनुअघि अमेरिका गएका गायक ढकाल यो हालै मात्र नेपाल आएका हुन् । अमेरिका बसाइको क्रममा एक दर्जनभन्दा बढी म्युजिक कन्सर्ट र विभिन्न कार्यक्रममा आफ्नो गीत प्रस्तुत गरेको उनले बताए । सो क्रममा करिब १८ लाख रुपैयाँ संकलन गरेर उनले काठमाडौंको आविष्कार केन्द्रलाई प्रदान गरे ।

मंगलबार उनले नयाँ गीत ‘तिमी मेरी हुन सकिनौ’को भिडियो सार्वजनिक गरेका हुन् । यो गीतलाई रामकृष्ण ढकालको स्वरमा छुट्टै र बुनु श्रेष्ठको स्वरमा छुट्टै रेकर्ड गरेर भिडियो बनाइएको छ । कार्यक्रममा यी दुवै गीतको भिडियो सार्वजनिक गरियो । गीतलाई नरेश प्रधानले लेखेका हुन् । जसमा दीपक शर्माको संगीत छ । भिडियोलाई मनोजराज राजभण्डारीले निर्देशन गरेका हुन् । गीतमा निराजन प्रधान र करुणाले अभिनय गरेका छन् । राजधानी देनिक बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here