साउन १९, काठमाडौं  । बिनोद चौधरी अर्थात नेपालका खरबपती र बिश्वका अरबपती ! अहिले नेपालमा यिनी मन्त्री बन्छन कि भन्ने चर्चा पनि छ । उसो त ब्यापारी राजनीतिमा जान नहुने वा मन्त्री बन्न नपाउने भन्दा पनि मन्त्री पद किने जस्तो नहोस, Deserving होस, स्वार्थ बाँझिने भएकाले राजनीतिमा आए पछी व्यापार-धन्दाबाट अलग हुने-नहुने र जनताले अलग भए नभएको कुरा कसरी थाहा पाउने भन्ने कुरा महत्वपूर्ण हो । फेसबूकले बिनोद चौधरी सिंगापुर आएका बेलाको निम्न पोष्टको याद दिलायो र फेरी सेयर गरे ।

बिश्वका धनाढ्य मध्यका एक बिनोद चौधरीसंग उनको “मेकिङ इट बिग” भन्ने आत्म कथाको अनुभब साँट्ने क्रममा भेटघाट भयो । उनको Presentation मा एक जना respondent थिए ।

चौधरी जीले “प्रगती गर्न चाहनेले राती होइन दिउसो सपना देख्नु पर्छ किनकी राती त सबैले सपना देख्छन” भन्ने रोचक प्रसंग सुनाए । जब उनले आफुले कलेज पुरा गर्न नपाएको प्रसंग कोट्याए, मैले अमेरीकाका अरबपती बिल गेटलाई सम्झे, उनी पनि कलेज “ड्रप आउट” थिए ।

चौधरी जीले बिश्व कै सबै भन्दा ठूलो “अनलाईन” कम्पनी मानिने चीनको अलीबाबा स्थापना गर्ने ज्याक माले “केएफसी” लगायतका जुन जुन जागीरमा निबेदन दिए, उनलाई कसैले जागीर नदिएको र “केएफसी” मा त ज्याक मा बाहेकका सबैले जागीर पाएको र उनी एउटा मात्र अली अटेरी खालको भएर जागीर नपाएको” कुरा सुनाए ।

सन १९९५ मा ‘बिजिनेस’ कै शीलशीलामा अमेरीकाको सियाटलमा गएका बेला पहिलो चोटी इन्टर्नेट देखेका ज्याक माले Yahoo मा ‘सर्च’ गर्दा Chinese beer नपाएकाले चीनीया अनलाईन कम्पनी दर्ता गर्ने निर्णय गरेका रहेछन ।

अहिले बिश्वका धनी-मानीका सम्मेलन हुँदा सहभागी हुन्छन बिनोद चौधरी । ४००-५०० बिश्व का धनी बोलाईएको सम्मेलनमा १००-१५० अमेरीकी, १००-१५० चीनीया हुने, ५०-१०० जती भारतीय अरु अमेरीका बाहेका अमेरीकी महादेशका अरु देशहरु, युरोपेली देशहरु, मध्य पूर्ब र अफ्रीकी अनी जापान लगायत अरु एसीयाली देशहरुबाट ।

नेपालबाट भने एक्लो बृहस्पती जस्तो बिनोद चौधरी जी, जो ब्यापार, लगानी र नेपालको प्रचारका लागी अघोषीत राजदूत भएका छन ।

तर मलाई भने दुई वटा कुरा सधै खट्किरह्यो बिनोद चौधरी जीका बारेमा । पहिलो, बिश्वका सबै भन्दा गरीब देशहरु मध्यको एउटा गरीब देश नेपालको सबै भन्दा धनी मान्छे (एक अरब पती) भनेर आफु लाई चिनाउनु पर्दा उहाँको हृदयको एउटा अन्तर कुन्दमा के साँच्चिकै गौरब महसुस हुन्छ होला ?

दोर्सो, मानिलिउ कि उहाँ को सम्पती १ अरब ६० करोड डलर छ । यदी चौधरी जी १०१ बर्ष सम्म बाँचे (यही दुवा भगवानसंग) भने उनले एक बर्षमा ४ करोड डलर (रु ४ अरब ७२ करोड भन्दा बढी) वा एक दिनमा २ लाख डलर (रु २ करोड १८ लाख भन्दा बढी) खर्च गरे पनि पुग्ने सम्पती छ ।

धनीका अलावा अरु कुन “आइडेन्टीटी” (पहिचान) लिएर आफ्नो “लिगेसी” (योगदान) बनाउने चाहाना होला त भन्ने मेरो जिज्ञासा थियो मन मनै । उहाँको “म एउटा समृद्द नेपालको नागरीक भएर मर्न पाउ, मेरो त्यही चाँहाना छ” भन्ने उत्तर दिए ।

मैले अर्को प्रश्न पनि सोधेको थिए, “तपाईले धेरै अन्तर्बार्तामा नेपाल एशीयामा एउटा सम्पन्न बन्ने प्रचुर क्षमता छ भन्नु भएको छ तर न सबल नेतृत्व न राजनीतीक स्थायित्व भएको नेपालमा के साँच्चै बिकास होला जस्तो लाग्छ ?”

चौधरी जी को जबाफ थियो, “नेपाल एक दिन सम्पन्न बन्न सक्छ । जसरी “बिजिनेस” मा “भेन्चर क्यापिटल” का “इनोभेटिभ” परियोजनाहरु आउछन ठीक त्यसरी नै नेपालमा बिकास सम्बन्धी अनुभब पनि भएको र “भिजन” पनि भएको नेतृत्व आउने छ । तर कहिले र कसरी आउछ त्यो चाँही म भन्न सक्दिन” ।

जाँदा जाँदै मैले “नेपालमा अहिले भ्रस्टाचारको बहस जताततै छ । घुसका मामिला मा घुस लिने र दिने दुबै दोषी हुन । नेपालमा नीजी क्षेत्र र ब्यापारीहरु नेपालको भ्रस्टाचारमा कती कारक तत्व हुन जस्तो लाग्छ तपाईलाई ? भनेर सोधे । चौधरी जी को जबाफ थियो, “नेपालमा सरकारी क्षेत्रबाट कानूनी रुपले हुने काम पनि नगरेर पैसा माग्ने चलन ८० प्रतिसत छ भने बाँकी २० प्रतिसत नहुने कामका लागी घुस दिने र माग्ने चलन छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here