साउन १९, काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अबको एक साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने बताउनुभएको छ ।
इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) का पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले आगामी आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको जानकारी दिनुभयो ।
गभर्नर अधिकारीले सकभर यहि शुक्रबार नभए आगामी आइतबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभयो ।सरकार फेरिएसँगै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नमा ढिलाई भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले केहि दिन अघि पत्रकार सम्मेलन गरी आफुले मौद्रिक नीति नरोकेको र राष्ट्र बैंक स्वायत्त संस्था भएको प्रष्टिकरण दिएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।
नयाँ सरकारले अध्यादेश मार्फत ल्याएइको बजेट संशोधन गर्ने बताएपछि मौद्रिक नीतिमा ढिलाई भएको थियो ।
गभर्नर अधिकारीले अर्थ मन्त्रालयको हस्तक्षेपका कारण मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको भन्ने विषय निराधार रहेको पनि बताउनुभयो ।