साउन १७, काठमाडौं । !नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट स्वीकृती नै नलिइ चिकित्सकिय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्‍चालक तथा चिकित्सक ४० वर्षीय डा. रावेद रन्जनकुमार ठाकुर, ३१ वर्षीय डा. सौरभ कुमार र कर्मचारी २७ वर्षीय सन्जु साह रहेको सीआईबीका डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए।

एनएमसीमा दर्ता नै नगरी अभ्यास गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सिंहले बताए। मेडिकल काउन्सिलले नै उजुरी गरेपछि प्रहरीले उनीलाई पक्राउ गरेको हो।

सुरुमा काउन्सिलमा एक भारतीयले स्वीकृति नै नलिइ डेन्टल क्लिनिकमा अभ्यास गरेको भन्दै उजुरी परेको थियो। त्यसपछि काउन्सिसले यसबारे सीआईबीलाई जानकारी गराएको थियो। उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने आउन बाँकी रहेको सिंहले बताए।

मेडिकल काउन्सिलको ऐनमा दर्ता विना अभ्यास गर्नेलाई ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। विदेशी चिकित्सकले पनि अनिवार्य रुपमा अस्थायी दर्ता नम्बर लिएर मात्र चिकित्सकिय अभ्यास गर्न पाउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here