साउन १६ रौतहट। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका बिगत केहि दिन देखि लगातार कर्मचारीहरुको लापरवाहीको कारण विवादमा तानिन थालेको छ ।सुचना प्रकाशनको लागि जयरामा मिडिया प्रालि संग सम्झौता गरेको भए तापनि कमिशन न पाएको कारण समझौता गरेको रकम अहिले सम्म भुक्तानी समेत गरेको छैन ।
यमुनामाइ गाउँपालिकाका तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत माेहमद शमसाद आलमले गरेकाे समझाैता अनुसार काम गरेपनि लेखापाल श्रीनारायण झाले कमिशन नपाए पछि भुक्तानी नगरेको पाईएकाे छ ।
यति मात्र नभई गाउँपालिकाबाट संचालनमा रहेको योजनाहरुको भुक्तानी समेत नगरेको यमुनामाई गाउँपालिकाका जनप्रतिनिधिले आराेप लगाएका छन् ।
जनचेतनामुलक संदेश प्रकाशनको लागि जयरामा मिडिया प्रालि द्वारा संचालित रेडखबर संग यमुनामाई गाउँपालिकाले समझौता गरेर कमिसन मांगे पछि कमिशन नदिदा समझौता गरेको रकम समेत भुक्तानी गरेको छैन ।
यमुनामाई गाउँपालिकाको लेखापाले आफ्नो आसे पासे व्यक्तिलाई मिडियाहरुले पेश गरेको बिलको चेक न दिए नगद पैसा समेत वितरण गरेको कुरा बाहिरिएको छ । सर्शत, विशेष र सम्मपुरक अनुदानकाे रु २ कराेड १२ लाख ४२ हजार ५ सय ५७ रुपैया ८३ पैसा रकम समेत लेखापाल झाले तालमेल न मिले पछि फ्रीज गराएकाे वडा अध्यक्ष नन्दलाल यादवले समाजिक संजाल मार्फत गुनासो गरेका छन् ।
यमुनामाई गाउपालिका अन्तर्गत संचालन रहेको सबै खालको योजना बाट आफू लाभान्वित नहुने देखिए पछि लेखापालले भुक्तानी नगरेकाे आराेप समेत लागेकाे छ ।
खुल्याम रुपमा बिना कमिशनको रकम भुक्तानी नगर्ने गाउँपालिकाकाे कामकाजमा समय नदिएकाे भन्दै लेखापाल झालाई गाउँपालिका अन्यत्र सरुवाको लागि अध्यक्ष श्रीप्रसाद मुखिया नेतृत्वकाे कार्यपालिका बैठकले निर्णय समेत गरेकाे कुरा बाहिरिएको छ ।यमुनामाई गाउँपालिका द्वारा संचालनमा रहेको योजनामा अलपत्र अवस्था भए तापनि कमिशनको लोभमा परि भुक्तानी गर्ने गरेको पाईएको छ ।
समझौता गरेर पनि यमुनामाई गाउँपालिकाले सम्झाैता अनुसारकाे कार्य गरे पनि कमिशनका कारण भुक्तानी नदिनु कतिको उचित हो ? भने प्रश्न समेत उठान थालेकाे छ ।