साउन १६,कैलाली । कैलालीको भजनी नगरपालिका ९ डोङपुर स्थित कान्द्रा नदीमा नुहाउने क्रममा वेपत्ता भएकी ६ बर्षिया अनु सिंहको शव फेला परेको छ ।
शनिबार बिहान साढे ७ बजेतिर सोही नदिको करिब ३ किलोमिटर पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रेड खबर लाइ जानकारी दिए ।
यस अघि भजनी नगरपालिका ९ डोङपुरका धन बहादुर सिंहका ९ बर्षिया छोरी लक्ष्मी सिंह, रामफल चौधरीका ७ बर्षिया छोरी जेनी चौधरीको शव पेला परेको थियो । कान्द्रा नदीमा नुहाउने क्रममा उनिहरुको ज्यान गएको हो । मृतक अनु धन बहादुर सिंहकी छोरी हुन्