साउन १६, काठमाडौं । शनिबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । विघटित एकता कार्यदल बैठकले तत्काल कमिटीको बैठक नबस्न आग्रह गरेसँगै आइतबार बस्नेगरी कमिटीको बैठक स्थगित गरिएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार अपरान्ह ३ बजेका लागि कमिटीको बैठक बोलाएका थिए । पार्टी एकताको कुरा अघि बढिरहेको अवस्थामा थप क्षति पुग्ने भन्दै कार्यदलका सदस्यहरुले कमिटीको बैठक स्थगन गर्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए ।उपाध्यक्ष भीम रावल लगायतका नेताहरूले पार्टी एकताको आश अझैँ रहेको भनेपछि अध्यक्ष ओलीले बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको बताइएको छ ।

शनिबार अनौपचारीक बसेको बैठकले आइतबार दिउँसोसम्म पार्टीमा आउन भनि माधव नेपाललाई पर्खने तर, त्यतिन्जेलसम्म पनि नआए नेपाललाई नपर्खने निर्णय भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here