साउन १५, काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको एसयुभी स्कोडा कुशाकको बिक्री सुरु गरेको छ। नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभरका स्कोडा सोरुमबाट गर्न सकिनेछ। यो गाडी एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ।स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार कुशाकमा रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस र फ्युचर–प्रुफ छ। यसमा टीएसआई प्रविधि राखिएको छ। जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको समिश्रण हो। पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन रहेको अग्रवालले बताए।यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन्। जसले ड्राइभिङलाई सहज बनाउने कम्पनीको भनाइ छ।