साउन १४, रौतहट । रौतहट,कटहरिया नगरपालिकाको विकासका निमित्त सदैव सक्रिय रह्नु भएका मेयर सियाराम कुश्वाहाले अर्को उदाहरणिय काम गर्नु भएको छ । रौतहटको कटहरिया नगरपालिका क्षेत्र फ्री वाईफाई जोन घोषणा गरिएको छ । नगर प्रमुख सियाराम कुश्वाहाले बुधबार एक समारोहका बीच मोबाइल सेट बाट नेटवर्क संचालन तथा उदघाटन गरि फ्री वाईफाई जोनको घोषणा गरेका हुन ।
मेयर कुश्वाहाले उदघाटन समारोह लाई संबोधन गर्दै कोविड १९ को कारण उत्पन्न परिस्थितिमा विद्यार्थी लाई औनलाईन पढाईगर्न अत्यन्तै सहज हुने बताउनु भयो।
लकडाउनको अवधिमा हुनेखानेको घरमा वाईफाई सुबिधा भएपनी निम्नबर्गको समस्या देखेर कार्यपालिका बोर्डका साथिहरुको सल्लाह अनुसार निशुल्क वाईफाईको पहल गरेको बताउनु भयो ।
त्यतिमात्र होइन २१ औं शताब्दीको यस आधुनिक युगमा वाईफाई विद्यार्थीका साथै सबै बर्गलाई त्यतिनै उपयोगी हुने मेयर कुश्वाहाले बताउनु भयो।
वाईफाईको माध्यमले युटुब बाट विभिन्न सीप सिकेर रोजगारीको अवसर जुटाउन सकिने तथा वैद्युत लगायत औनलाईन बाट अनेकौं भुक्तानी लिनदिन सुबिधा हुने मेयर कुश्वाहाले बताउनु भयो ।
कटहरिया नगरपालिका अन्तर्गत फ्री वाईफाईको लागि ९ वटै वडामा पहिलो चरणमा ५४ वटा राउटर राखिएको नगर प्रवक्ता चन्दन कुश्वाहाले बताउनु भयो ।
उक्त योजना मेयर कुश्वाहा लगायत गत स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिको अवधुभरी लागुहुने निर्णयका साथ संचालन भएको प्रवक्ता कुश्वाहाले जानकारी दिनु भयो। उक्त अवसरमा मेयर,नगर प्रवक्ताका साथै कटहरिया नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।