साउब १३, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिचौरमा नेपालकै ठूलो औद्योगिक ग्रामको निर्माण कार्य सुरु भएको छ ।
प्रारम्भिक चरणमा करिव ७० रोपनी जमिन सम्याउने, घेराबार लगाउने र पाले घर निर्माण गर्ने कार्य भएको घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल, काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।
औद्योगिक ग्राम निर्माण सम्पन्न भएपछि करिव १ सय ५० देखि २ सय वटासम्म उद्योग स्थापना गर्न सकिने उहाँको भनाइ छ ।