साउन १३,काठमाडौं । सत्तापक्षीय गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब १ घन्टा गठबन्धनको बैठक बसेको हो ।

बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले दिनुभयो । यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ भने त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने खड्काले जानकारी दिनुभयो ।

सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । प्रधानमन्त्री देउवाको क्याविनेटमा अहिले नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र नेपाली काँग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए। बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायण काजी श्रेष्ठ सहभागी भएा थिए ।

त्यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट डा। विजय पौडेल बैठकमा सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here