साउन १२,काठमाडौंः नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताउनुभएको छ ।  रिपोर्टस क्लव नेपालमा सोमवार नेता महासेठले अहिलेको नयाँ कुरो भनेकै नेकपा एमाले विभाजन नहुने बताउनुभएको हो । नेपाली जनता, नेकपा एमालेका समर्थक, शुभेच्छुक, भोटर्स र कार्यकर्ताहरुले नेताहरुलाई चौतर्फी पार्टी जोगाउन दबाव दिइरहेको बताउँदै नेता महासेठले यसलाई आत्मसाथ गरेर शीर्ष नेताहरु छलफलमा जुटिरहेको बताउनुभयो । उहाँले अहिलेको सरकार फरक– फरक विचारधारा बोकेर आएको गठबन्धन भएकोले लामो समयसम्म टिकिरहन नसक्ने बताउनुभयो ।नेता महासेठले भन्नुभयो, “नेकपा एमाले विभाजित हुन गइरहेको छैन, यो नयाँ कुरा हो, किनभने नेपाली जनता, नेकपा एमालेका समर्थक, शुभेच्छुक, भोटर्स र कार्यकर्ताहरु कसैको पनि पार्टी विभाजन भएर जाओस् भन्ने छैन, चौतफी शीर्ष नेताहरुलाई पार्टी एकता जोगाउन दबाव आइरहेको छ, यसलाई आत्मसाथ गरेर नेताहरु छलफलमा हुनुहुन्छ, अहिलेको सरकार एकै विचारधारा बोकेर आएको गठबन्धन होइन, कोही माक्सवाद, लेनिनवाद र बिपीजीको विचारबाट ग्रसित भएका साथीहरु हुनुहुन्छ, त्यसैले पनि लामो समय टिक्दैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here