साउन १२काठमाडौँ । नेपाली काँग्रेसका क्रियाशील सदस्यको संख्या साढे ८ लाख पुगेको छ। चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएसंगै कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख पुगको हो ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील छानबिन समितिले मंगलबार समितिको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

प्रतिवेदनमा काँग्रेस क्रियाशील सदस्यता पाउनेको संख्या ८ लाख ५२ हजार ७११ रहेको उल्लेख गरिएको छ। थप ४ लाख ४३ हजार ६७८ जनाले काँग्रेसको क्रियाशील सदस्यता पाएका छन्। यस्तै ४ लाख ९ हजार जनाको सदस्यता नवीकरण भएको छ।

सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन ।

समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here