काठमाडौं, साउन ११ । नेपाल राष्ट्र बैंकले असल कर्जामा पनि प्रोभिजनिङ बढाएको छ ।
राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै असल ऋणमा कर्जा नोक्सानी व्यवस्था शून्य दशमलब ३ प्रतिशत बढाएको हो ।
केन्द्रीय बैंकले प्रोभिजनिङ १ प्रतिशतबाट बढाएर १ दशमलब ३ प्रतिशत पुर्याएको हो । राष्ट्र बैंकले समग्र वित्तीय स्थायित्व प्रवद्र्धन गर्न कर्जा नोक्सानी व्यवस्था बढाउनु परेको जनाएको छ । यसबाहेक राष्ट्र बैंकले कोभिड महामारीको समयमा पुनरुत्थान भनेर थप ३० प्रतिशत अतिरिक्त ऋणमा ५ प्रतिशत पोभिजनिङ गरी थप एक बर्षसम्म प्रवाह गर्न सकिने व्यवस्थागरेको छ ।
यसअघि एक प्रतिशत नै थियो । थप प्रोभिजनिङका कारण बैंक तथा वित्तीय संस्थाको नगद लाभांस दिने क्षमता घट्ने छ । तर यसबाट वित्तीय संस्थाहरुलाई बोनस सेयर वितरणमा प्राथमिकता दिनुपर्ने भएको छ । यस्तै, राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई पनि बोनस बाँड्न कडाई गर्दै २० प्रतिशतभन्दा बढि लाभांस बाँड्न निरुत्साहन गर्दै निर्देशिका जारी गरेको छ ।
मौद्रिक नीति ढिला हुँदै गएका बेला राष्ट्र बैंकले निर्देशिका जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।