असार ९, काठमाडौं ।नेपाली कांग्रेसका पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु भएको छ। बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केहीबेर अघि सुरु भएको हो ।बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्ने र अन्य अन्य अधिवेशनको तालिका हेरफेर गर्ने निर्णय गरेको थियो ।