साउन ८, काठमाडौं ।नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गर्नुभएको थियो । विहीबार भक्तपुरमा पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उहाँले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा एक हजार एक सदस्यीय पिपुल्स भोलिन्टयर्स घोषणा गर्नुभएको हो ।त्यस्तै नेता नेपालले सत्य र न्यायको पक्षमा रहेकाहरु आतिनु नपर्ने र अन्त्यमा सत्यको जित हुने बताउनुभएको छ । पार्टीको नेतृत्व गलत भएका कारण समस्या आएको बताउदै नेता नेपालले अहंकारको घोडा चढेको बादशाहलाई घोडाबाट उत्रनुपर्ने अवस्था आए वास्तविकताको ज्ञान हुने धारणा राख्नुभयो ।नेता नेपालले भविष्य युवा नेताहरुको जिम्मामा रहेको बताउदै क्रान्तिकारी पार्टी अघि बढाउने जिम्मा पनि युवाहरुको भएको बताउनुभयो । जनताका बीचमा आत्मालोचना गरेर मैलो धुलो टक्टक्याएर अघि बढ्यो भने जनताले पत्याउने कम्युनिष्ट पार्टीलाई नै भएको उहाको भनाइ छ ।

नेपालले नेपाल कम्युनिष्ट पार्टी एकता गर्दा जुन सोच राखेर अघि बढेको हो त्यो हुन अझै नसकेको तर्क गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here