भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिए

साउन ८, काठमाडौं ।नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।एमालेका उपाध्यक्ष समेत रहेका डा.रावलले रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ ।यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीना दिएका थिए ।

पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका घोषणा गरेका रावलले पार्टी र जनताको आग्रह भन्दै आज राजिनामा फिर्ता लिएका हुन् ।

उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति ‘सरी’ भनेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here