साउन ८, टोकियो ।३२ औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन शुक्रबार हुँदै छ । तर, टोकियोमा उस्तो उत्साह छैन, खासमा स्थानीय बासिन्दा त विरोधमा नै छन् । खेलाडीको सुरक्षा र ओलम्पिकको सफलतालाई लिएर ओलम्पिक अधिकारी र जापान सरकार पनि ‘नर्भस’ छन् । किनकि टोकियोमा बिहीबार मात्रै १,९७९ जना संक्रमित भएका छन् । टोकियोमा संक्रमितको यो संख्या ६ महिनायताकै सबभन्दा बढी हो भने संक्रमितको संख्या लगातार वृद्धि भएको ३३ औं दिन । त्यसैले अघिल्लो दिन मात्रै सरकारले ओलम्पिक स्थगित गर्ने सम्भावना अझै समाप्त नभइसकेको बताएको थियो । नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सहरमा निस्कन अहिले घण्टौं लाग्छ ।विमानस्थलमै हुने पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्रै होटल वा ओलम्पिक भिलेजमा जाने अनुमति हुन्छ । यात्रामा देखिन्छ सफा र चिटिक्क टोकियो । तर, खेलप्रति उत्सुकताभन्दा चिन्ता बढी छ । टोकियोस्थित राष्ट्रिय रंगशालामा ‘युनाइटेड बाई इमोसन’ थिममा शुक्रबार साँझ ओलम्पिक उद्घाटन हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here