साउन ८, काठमाडौं ।पुनर्स्थापति प्रतिनिधिसभाकाे दाेस्राे बैठक आज बस्ने भएकाे छ । आज (शुक्रवार) दिउँसो १ बजे प्रतिनिधिसभा बस्ने तय भएकाे हाे ।दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेकाले दोस्रो दिनको बैठक शुभकामना दिन दलका नेताहरूले बोल्ने कार्यसूची छ ।पहिलो दिनको बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसक्नु भएको छ । शुक्रवारकै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।