साउन ६, काठमाडौं ।प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको हो ।
जउहाँले मुलुकमा बिकास लगाएत धेरै कुराको आवश्यक रहेपनि अहिले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा ल्याउनेमा रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री देउवाले नेपालमा कोरोनाको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले सवै नागरिकलाई खोपको पहुँचमा पुराउने प्रतिवद्धता दोहराउनुभयो । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उहाँले निजी क्षेत्रलाई आह्वान पनि गर्नुभयो । उहाले अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो ।