साउन ६, काठमाडौंः वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ ।नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार नेपालीकाे उनी ८५ वर्षकाे उमेरमा आज बिहान ४ः३० बजे काठमाडाैँ शिक्षण अस्पतालमा निधन भएकाे हाे । उहाँमा केही दिनदेखि मुटुको समस्या देखिएकाे थियो ।मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उहाँको निधन भएको हाे । उहाँको परिवारमा दुई छोरीहरू छन् ।