साउन ५, काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँडले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।राष्ट्रिय सहकारी महासंघको टोलीसँग मंगलबार बिहान भएको भेटमा मन्त्री खाँणले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिने व्यवस्था गर्न आवश्यक पहल गरिने बताउनुभएको हो ।
सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्त्व दिएको बताउँदै संवेदनशीलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना ल्याएको र त्यसमा पनि सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ, उहाँले भन्नुभयो । बैंक तथा वित्तिय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने छ,’ मन्त्री खाँणले भन्नुभयो ।
सरकारले जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै उनले संवेदनशीलताका आधारमा प्राथमिकतामा राखेर खोप दिने योजना रहेको जानकारी समेत दिनुभयो