साउन ५,काठमाडौं ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू सधंै जनताको हितमा र संविधानअनुसार कार्य गर्न तयार भएको बताएका हुन् ।
‘जनतालाई केन्द्रमा राखेर काम गर्छु’, महान्यायाधिवक्ता खातीले भने, ‘मलाई सबैको सल्लाह र सुझाव आइरहोस् ।’ उनले आफूसँग काम गर्ने ऊर्जा र क्षमता रहेको बताए । धेरैले कम उमेरको भएकाले कसरी काम गर्न सक्छ भनिरहेको उल्लेख गर्दै सही तरिकाले काम गरेर देखाउने दृढता व्यक्त गरे ।
विधिको शासन, संघीय लोकतान्त्रिक गणतन्त्रको सोच अनुरुप आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाल सरकारलाई कानूनी सल्लाह दिने बताए । समय र परिस्थिति हेरेर कानूनको पालनासम्बन्धी सल्लाह दिने स्पष्ट पारे ।
जस्तोसुकै अनुकूलता र प्रतिकूलतामा पनि अविचलित रही काम गर्ने खातीले बताए । उनले भने, ‘मैंले काम गर्न सक्छु भनेर सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वास गर्नुभएको छ, म काम गरेर देखाउनेछु ।’मिडियाको भूमिका निकै महत्वपूर्ण हुने भन्दै आफूलाई मिडिया क्षेत्रबाट सल्लाह, सुझाव र निर्देशन समेत स्वीकार्य हुने बताए । उनले भने, ‘मलाई यहाँहरुले सल्लाह सुझाव र निर्देशन दिदै गर्नु ।