काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित् तुलसीलाल अमात्य स्मृति भवनमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

त्यस्तै, आजको बैठकले यसअघि कार्यदलले अघि सारेको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक भोलि अपरान्ह ३ बजे बस्ने भएको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै नेता विष्णु रिजालले भनेका छन्–‘आज सम्पन्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here