साउन ४, काठमाडौं।   जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्र झगडा भए पनि अहिले ठीक ठाउँमा आएको बताएका छन् ।

आइतबार संसद् भवनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा बोल्नुअघि जसपाकै अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए पछि उनले पार्टीभित्र झगडा भए पनि अहिले ठीक ठाउँमा आएको उनले बताएका हुन् ।

उनले भने, ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो । हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैंले निकास दिन सक्थ्यौं, हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रतिगमनकारीको खड्ग प्रहारबाट मुर्छित बनेको प्रतिनिधिसभा र मुर्छित बनेका सांसदहरु फेरि ब्युँतिएको बताए ।

प्रतिनिधिसभा ब्युँताउने सर्वोच्च अदालत, नागरिक समाज र मिडिया सबैलाई डा. भट्टराईले धन्यवाद दिए । आफ्नो मन्तव्यलाई अघि बढाउनुअघि उनले अहिलेको संविधान आधा भरिएको र आधा खाली अवस्थामा रहेको पनि पुनः पहिल्यकै भाषा दोहोर्याए ।

यसअघि उनले संविधान आँधा खाली र आँधा भरिएको गिलास भनेर भनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here