साउन ४ बाजुरा ।जनता समाजवादी पार्टीमा निक्कै कमजोर स्तिथिमा पुगेका महन्थ ठाकुरले आइतबार प्रधानमन्त्री देउवाले मागेको विश्वास मतमा मत दिने बेलामा आफ्नो ठुलो चाल चलेका छन । निर्वाचन आयोगमा पार्टी अधिकारिकता बारे बहस चलि रहेको बेलामा आफु समर्थनमा कति सांसदहरू रहेको कुरा नखुलने गरि मतदान गरे । आयोगमा बहस चली रहदा ठाकुरले आफ्नो साथमा २० जना सांसदहरू रहेको दाबी गर्दै आएका छन तर सर्वोच्चको फैसला पछि धेरै सांसदले समुह परिवर्तन गरि यादव निकट आएका छन । अहिलेको वर्तमान गणित हेर्दा १९-२० सांसद प्रष्ट रुपमा यादवको साथ रहेको छ र मात्र १२-१३ सांसद ठाकुरको साथमा छन । पार्टी केन्द्रिय समितिमा पहिलानै अल्पमतमा परेका ठाकुर अब सांसदहरूमा पनि अल्पमतमा परेका छन ।

पार्टीमा निक्कै कमजोर भएका ठाकुरले आफ्नो साथ कति सांसद रहेको कुरा नखुलोस भन्ने उदेश्यका साथ यादव समुहको निर्णय जस्तै देउवालाई समर्थन गर्ने निर्णय गरेको बुझिन्छ ।

आयोगमा प्रक्रिया जारी रहदा आफ्नो समूह पार्टीको दुवै कमिटी र सदनमा अल्पमतमा परेको संदेश राम्रो नहुने र आयोग समक्ष आफ्नो दाबी कम्जोर हुने उनीहरूको बुझाइ छ ।

देउवालाई मत दिए अर्को फाइदा पनि हुन सक्ने उनीहरूको बुझाइ हुन सक्छ । अब देउवालाई मत दिए पछि यदि देउवाले राम्रो मन्त्रालय दिए सरकारमा समेत सामिल हुन सक्ने सम्भावना छ । मुद्दा सम्बोधन भए ठिक नभए पनि हुने आशमा ओली सरकारमा गए जस्तै देउवा सरकारमा पनि सामिल हुने सम्भावना छ ।

देउवालाई साथ दिए आफुहरु प्रती जनतामा रहेको नकारात्मक भावना र ओली संग गरेको साटघाट पनि जनताले बिर्सिने र प्रतिगमनको मतियार बाट अग्रगमन र विपक्षी गठबन्धनको हिस्सा बुझने रणनीतिको कारण पनि देउवालाई समर्थन गरेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here