साउन ४,्काठमाडौं | चर्चित अभिनेता अनमोल केसी यतिबेला आफ्नो आगामी चलचित्र ‘एक्स ९’ को तयारीमा जुटेका छन् । चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन लकडाउनले रोकिएको छ भने उनका ‘एन्टी हिरो’, ‘पारस’ र ‘माइतीघर २’ को निर्माण पनि अन्योलमा परेका छन् ।
-
Anmol – Mukunda
यसैबीच ‘लप्पन छप्पन’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक मुकुन्द भट्टले आफूले निर्देशन गर्ने चलचित्र ‘एक्स ९’ को मुख्य भूमिकाका लागि अनमोललाई प्रस्ताव गरेका छन् ।
ठूलो बजेटमा निर्माण हुने यो चलचित्रका लागि निर्देशक मुकुन्द भट्ट र अनमोलबीच यतिबेला भेटवार्ता भैरहेको छ । मुकुन्दले अनमोलसँग साउनमा चलचित्रका लागि लिखित सम्झौता गर्ने बताएका छन् ।
‘एक्स ९’को विषयमा अनमोल पनि सकारात्मक छन् । उनलाई चलचित्रको कथा निकै मन परेको छ । चलचित्रलाई नेपालसँगै यूरोपका विभिन्न देशमा छायांकन गर्ने मुकुन्दको तयारी रहेको छ ।
यो चलचित्रमा चर्चित अभिनेता सौगात मल्ल, अनुप विक्रम शाही, पुष्प खड्का, राज कटुवाल, अर्पण थापा, नविन लम्साल, फजिल अहमद, नव- कलाकार प्रियंका थापाको मुख्य भूमिका रहनेछ ।
मुकुन्दले चलचित्रमा खलनायकको भूमिकाका लागि बलिउडका अभिनेता सुनिल सेट्टीलाई प्रस्ताव राखेका छन् । प्राप्त जानकारी अनुसार सुनिल पनि यस चलचित्रप्रति सकारात्मक देखिएका छन् । दुवै पक्षबीच सहमति भएमा छिट्टै लिखित सम्झौता हुने बताइएको छ ।