साउन ३,काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।

आइतवार संसद् भवनमा प्रधानमन्त्री देउवाले देउवाले विश्वासको मत मागे पछि पालैपालो बोल्ने क्रममा अध्यक्ष ठाकुरले पनि आफ्नो समूहले देउवालाई विश्वासको मत दिने बताएका हुन् ।उनले भने, ‘शेरबहादुर देउवालाई हामी विश्वासको मत दिन्छौँ । तर, जब जब प्रधानमन्त्रीको नियुक्तीको सवाल आउँछ, हामी आफूलाई उत्पीडित र घायल रुपमा पाएका छौँ । तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालालाई मत दियौँ, हाम्रो आन्दोलन कमजोर भयो । आज हामी फेरि आफैँलाई घायल पार्दैछौँ ।’

साथै, रेशम चौधरी जेलमा रहेको भन्दै उनको रिहाइको पनि अध्यक्ष ठाकुरले माग गरे । नागरिकताका सन्दर्भमा पनि उनले आफ्नो भनाइ राखे ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यतिखेर नागरिकता संशोधनसम्बन्धी ल्याएको अध्यादेशप्रति उनले बधाइ दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here