डोटी,२ साउन । बिरामी बोकेर असार २५ गते कैलालीको धनगढी जाँदा बिग्रिएको डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बाटोमै अलपत्र अवस्थमा परेको काम ।जिल्ला अस्पतालमा कार्यरत एक कर्मचारी बिरामी भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा उक्त एम्बुलेन्स डडेल्धुराको साहुखर्क भन्ने स्थानमा बिग्रिएको थियो ।
एम्बुलेन्स बिग्रेपछि चालकले निजी कार बोलाएर बिरामीलाई धनगढी र्पुयाएका थिए । चालक डम्बर पाली बिरामीलाई धनगढी र्पुयाएर डोटी पुगिसकेका छन् तर एम्बुलेन्स बाटोमै अलपत्र अवस्थामा छ । चालक पालीले एम्बुलेन्सको क्राउन बिग्रेका कारण थन्किएको र मर्मतको कारण भने थाहा नभएको बताए ।
अब दुई–तीन दिनमा मर्मतका लागि जाने उनले बताए । नेपाल भारत मैत्री संघले उपलव्ध गराएको से १ झ २१० नम्बरको उक्त एम्बुलेन्स थन्किँदा पनि सम्बन्धित निकायले मर्मतका लागि पहल गरेको छैन । बेवारिसे अवस्थामा छोडिएको एम्बुलेन्सका अन्य पाटपूर्जा पनि चोरी हुन सक्ने स्थानीयहरुले बताएका छन् ।