काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’संग भएको ३ बुँदे सहमति कार्यन्वयन हुने आश्वासन दिएका छन्।
सरकारसँग भएको ३ बुँदे सहमति पहिलो पटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका विप्लव र सचिवालय सदस्य धमेन्द्र बास्तोला लाई अध्यक्ष प्रचण्डले तपाईंहरुले सरकारसँग ३ बुँदे सहमति गरेर आउनुभयो। सहमति पालना नहुँदा बन्दी रिहा र मुद्धा हुन सकेका छैनन्’ यसको ,पालनाका लागि आवश्यक कदम चाल्ने, प्रतिबद्धता गरेको नेकपा सचिवालय सदस्य धमेन्द्र बास्तोलाले बताउनु भयो ।
आफूहरुको केपी ओलीसँग नभएर सरकारसँग सहमति भएकाले कार्यन्वयन गर्ने सरकारको जिम्मा भएको विषयमा प्रचण्डको ध्यानाकर्षण गराएको बास्तोलाले जानकारी दिए। प्रचण्ड र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको थियो। छलफलका क्रममा प्रचण्डले आवश्यक परेका पुर्व माओवादी सबै एकिकरण गर्ने कार्यलाई पनि अगाडी बढाउने कुरा भएको बास्तोलाले बताउनु भयो ।
सरकार र विप्लव पक्षबीच गत फागुन २१ गते ३ बुँदे सहमति भएको थियो। सरकारसँगको समहतिअनुसार नै विप्लव नेतृत्वको नेकपाले भूमिगत गतिविधि त्यागेको थियो।
३ बुँदे सहमतिमा विप्लव नेकपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र बन्दीहरुको रिहाइ गरिने विषय समावेश भए पनि पूर्ण कार्यान्वयन नभएको नेकपाका नेताहरुको भनाइ छ।
३ बुँदे सहमति कार्यान्वयन नभएको विषयमा नेताहरुसँग छलफल गर्न विप्लव केही दिन अगाडि कपिलवस्तुबाट काठमाडौं आएका थिए। केही दिन अगाडि उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।