असार ३१,काठमाडौं।  काठमाडौंउपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि अति आवश्यक कामका कारण उपत्यका प्रवेश गर्नेहरूलाई पास नचाहिने निर्णय गरेको हो।

यद्यपी लामो दुरीका सार्वजनिक यातायातहरू भने अझै १० दिनसम्म नखुल्ने काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सेतोपाटीलाई जानकारी दिइन्।

प्रजिअहरूको बैठकले भोलिदेखि लागू हुनेगरी १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। अतिआवश्यक काम विशेषले काठमाडौंमा पास बिना नै प्रवेश गर्न पाउने निर्णय बाहेक अरू सबै पुरानै आदेश यथावत रहेको नेपालले बताइन्।

काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै सयमा पनि सञ्चालन गर्न पाउनेछन्।

त्यसबाहेकका पसलहरू साँझ ७ बजे सम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। तर सबैले अनिवार्यरूपमा स्वास्थ्य मापदण्डहरूको पालना गर्नुपर्ने आदेशमा भनिएको छ। रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवामात्रै सञ्चालन गर्न अनुमति दिएको छ। सो सेवा साँझ सात बजे सम्ममात्रै सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुनेगरी सञ्चालन गर्न पाइनेछन्।

अत्यावश्यक काम विशेषले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजि सवारीसाधनहरूलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ। निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here